७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले  २ जनालाई पक्राउ गरेको छ। 

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक रहेका छन्।

साउन ५, २०८० शुक्रबार ०९:३७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।