आजको मौसमः गण्डकी र सुदूरपश्चिममा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने

आजको मौसमः  गण्डकी र सुदूरपश्चिममा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने

आज देशका बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी  भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। 

गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जसका कारण आज पनिदेशभर केही स्थानमा बदली रहनेछ।  

हिजो धनगढी, भैरहवा र जनकुरको तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। काठमाडौँको तामक्रम पनि गएको २४ घण्टामा ३२ डिग्री सेल्सियससम्म पुगेको थियो। 

साउन ५, २०८० शुक्रबार ०७:१३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।