नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क बढाउने निर्णयबाट पछि हट्यो सीटीईभीटी

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तहका नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि बढाएको शुल्क तत्कालका लागि स्थगित गरेको छ।
परिषदको स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले बिहीबार सूचना जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्रै शुल्क समायोजन गर्ने जनाएको छ।
परिषदले २९ असारमा शुल्क बढाउँदै समायोजन गरेको सूचना जारी गरेको थियो।
परिषदले तीन वर्षे नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि शुल्क बढाएको थियो। जसको चौतर्फी विरोधपछि सीटीईभीटी यस निर्णयबाट तत्काललाई पछि हटेको हो।
साउन ४, २०८० बिहीबार २२:०७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।