भारतद्वारा गैरबासमती सेतो चामल निर्यातमा प्रतिबन्ध
भारतको केन्द्र सरकारले बिहीबार गैर-बासमती सेतो चामल निकासीमा प्रतिबन्ध लगाएको छ।
आगामी चाडपर्वमा स्वदेशी आपूर्ति बढाउने उद्देश्यले यो निर्णय गरिएको भारतको खाद्य मन्त्रालयले जनाएको छ। खुद्रा मूल्यलाई नियन्त्रणमा राख्ने दृष्टिकोणले यो निर्णय महत्वपूर्ण भारत सरकारको विश्वास छ।
खाद्य मन्त्रालयको विज्ञप्तिअनुसार गैर-बासमती चामल र बासमती चामलको निकासी नीतिमा कुनै परिवर्तन नहुने छ। कूल निकासीमा दुवै जातका चामलको हिस्सा निकै उच्च रहेको छ।
भारतबाट निकासी हुने कुल चामलको करिब २५ प्रतिशत गैर-बासमती सेतो चामलले ओगटेको छ।
आर्थिक वर्ष २०२२/२३ मा भारतबाट कुल गैर-बासमती सेतो चामलको निर्यात ४२ लाख डलर नजिक पुगेको थियो। यो अघिल्लो वर्ष निर्यात २६.२ मिलियन डलर रहेको थियो।
भारतले मुख्यतः थाइल्याण्ड, इटाली, स्पेन, श्रीलंका र अमेरिकामा गैर-बासमती चामल निकासी गर्ने गर्छ।
साउन ४, २०८० बिहीबार २१:२३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।