फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ
काठमाडौं : फिफा वरीयतामा नेपाल पहिलेकै स्थानमा यथावत् रहेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल जहाँको त्यहीँ रहेको हो।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५ औंं स्थानमा छ। नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ।
नेपालभन्दा अघि रहेको भारत ९९ औंं स्थानमा छ भने माल्दिभ्स १५५ औं स्थानमा छ। नेपालपछि भुटान १८५ औं, बङ्गलादेश १८९ औंं, पाकिस्तान २०१औंं, र श्रीलङ्का २०४ औं स्थानमा छ।
विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ। यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौं स्थानमा छन्।
साउन ४, २०८० बिहीबार १८:०३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।