पार्टीको सदस्य घटे भन्ने हल्लामा कुनै सत्यता छैन : एमाले

पार्टीको सदस्य घटे भन्ने हल्लामा कुनै सत्यता छैन : एमाले

काठमाडौं : एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ। एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन्।

‘एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन। सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै नभएको हो,’ विज्ञप्तिमा भनिएको छ।

अधिकारीले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्याउने र पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पुर्याउने लक्ष्य रहेको पनि उल्लेख गरेका छन्।

साउन ४, २०८० बिहीबार १६:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।