सुन तस्करीको नाइकेको आरोपमा चिनिया नागरिक पक्राउ

सुन तस्करीको नाइकेको आरोपमा चिनिया नागरिक पक्राउ

काठमाडौँ : राजश्व अनुसन्धान विभागले बरामद गरेको तस्करीको ८० किलो बढी सुन तस्करीमा संलग्न रहेको आरोपमा चिनिया नागरिक पक्राउ परेका छन्। बुधवार सार्वजनिक भएको सुन तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेका हुन्।

उनी नेपाल बाहिर जान विमानस्थल पुगेको बेलामा पक्राउ परेका हुन्। स्रोतका अनुसार उनीसँगै रहेका एक नेपाली नागरिक समेत पक्राउ परेका छन्।

विभागले यस अगाडि नै तिब्बती मूलका भारतीय नागरिकसहितलाई पक्राउ गरिसकेको छ। विभागले दोलखा मेलुङ गाउँपालिका- ३ घर भई हाल काठमाडौँको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका-४ घर भई काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ घर भई काठमाडौँको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतीय मूलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौँको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङलाई पक्राउ गरिसकेको छ।

मङ्गलवार सुन लुकाएको सामानसहित ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई पक्राउ परेका थिए।

यस प्रकरणका अन्य सामग्री

साउन ४, २०८० बिहीबार १६:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।