प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कतारी राजदूत

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कतारी राजदूत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न कतारी राजदूत बालुवाटार पुगेका छन्। 

नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन्।

भेटमा द्विपक्षीय सम्बन्ध र हित तथा आपसी चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साउन ४, २०८० बिहीबार १३:३३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।