जनमत पार्टीको कारबाही, पूर्वसांसद शिवचन्द्र कुशवाहा साधारण सदस्यबाट निलम्बित

जनमत पार्टीको कारबाही, पूर्वसांसद शिवचन्द्र कुशवाहा साधारण सदस्यबाट निलम्बित

काठमाडौं : जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधान विपरीत काम गरेको भन्दै पार्टीका पाँच नेतालाई कारबाही गरेको छ।

कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेको पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिए।

उनका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरिएको छ। 

पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशासन विपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको जनाएको छ।

साउन ४, २०८० बिहीबार १३:२०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।