विश्वकपको पूर्वसन्ध्यामा उद्घाटन सहर अकल्यान्डमा गोली चल्यो, दुई जनाको मृत्यु​​​​​​​

विश्वकपको पूर्वसन्ध्यामा उद्घाटन सहर अकल्यान्डमा गोली चल्यो, दुई जनाको मृत्यु​​​​​​​

एजेन्सी : फिफा महिला विश्वकप फुटबल सुरु हुन केही घण्टा अगाडि मात्र उद्घाटन खेल हुने सहरमा गोली चलेको छ।

संयुक्त आयोजक रहेको न्युजिल्यान्डको अकल्यान्ड सहरमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार घटनामा एक जना प्रहरीसहित ६ जना घाइते भएका छन्। 

गोलिकाण्ड भएको अकल्यान्ड सहरको यस व्यावसायिक क्षेत्र विश्वकपका लागि आएका हजारौं समर्थक रहेको फ्यानपार्क नजिकैको क्षेत्र हो।

घटनामा संलग्न बन्दुकधारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ।

न्युजिल्यान्डका प्रधानमन्त्रीले घटनाको आतंकवादसँग कुनै सम्बन्ध नभएको र विश्वकपका खेल पूर्वतालिका अनुसार नै हुने बताएका छन्। 

साउन ४, २०८० बिहीबार १२:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।