सांसद सोवितालाई बेलायती संस्थाले दियो यङ वर्ल्ड पोलटिसियन अफ दि इएर अवार्ड

सांसद सोवितालाई बेलायती संस्थाले दियो यङ वर्ल्ड पोलटिसियन अफ दि इएर अवार्ड

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘यङ वर्ल्ड पोलटिसियन अफ द इयर’ अवार्ड पाएकी छिन् ।

अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्ट लिस्टमा परेका थिए।

संस्थाले सर्ट लिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड दिनेमा गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट, न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड पाएका छन्।

नेपाली इतिहासमा सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतम सर्ट लिस्टमा परेकी थिइन्।
युवा समूहमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई उपाधि दिने निर्णय गरिएको आयोजकले बुधवार राति घोषणा गरेको थियो।

गौतम काठमाडौँ -२ कि प्रत्यक्ष निर्वाचित सांसद हुन्। कानुनमा दक्षता राख्ने उनी संसद्मा महिला अधिकार, युवा रोजगार र कानुनी राज्यको पक्षमा वकालत गर्दै आइरहेकी छिन्।

द वन यङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो।

साउन ४, २०८० बिहीबार ०९:१३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।