भारतको अहमदावादमा ट्रकले कारलाई ठक्कर दिँदा प्रहरीसहित ९ जनाको मृत्यु

भारतको अहमदावादमा ट्रकले कारलाई ठक्कर दिँदा प्रहरीसहित ९ जनाको मृत्यु

भारतको गुजरातको अहमदाबादस्थित इस्कन ब्रिजमा बुधबार राति भएको सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रहरी हवल्दार र होमगार्ड (घरका सुरक्षागार्ड) रहेका छन्। सोही क्रममा दुर्घटनामा १५ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको जनाइएको छ। 

समाचारअनुसार ट्रकले पुलमा कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि चालक फरार भएका छन्। 

साउन ४, २०८० बिहीबार ०७:३५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।