एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्ने
काठमाडौं : नेपालले आसन्न एसिया कप क्रिकेटको पहिलो खेल पाकिस्तानविरुद्ध अगष्ट ३० तारिखमा खेल्ने भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले तयार गरेको खेल तालिकाअनुसार बहुप्रतिक्षित भारत–पाकिस्तान भिडन्त सेप्टेम्बर २ तारिखमा हुनेछ।
पहिलो चरणमा भारत, पाकिस्तान र नेपाल एकै समूहमा रहेका छन्। नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा भारतसँग खेल्ने छ।
समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। फाइनल सेप्टेम्बर १७ तारिखमा हुनेछ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो।
खेल पाकिस्तान र श्रीलंकामा हुनेछ। भारतीय टोली पाकिस्तान जान अस्वीकार गरेपछि एसीसीले हाइब्रिड मोडलमा एसिया कप गर्न लागेको हो।
साउन ३, २०८० बुधबार १८:३६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।