अहिलेको गठबन्धन तेल र पानीजस्तो भयो : केन्द्रीय सदस्य बराल

अहिलेको गठबन्धन तेल र पानीजस्तो भयो : केन्द्रीय सदस्य बराल

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले अहिलेको गठबन्धन तेल र पानी मिलेर बनेको जस्तो भएको बताएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकको दोस्रो दिन बोल्ने क्रममा केन्द्रीय सदस्य बरालले अहिलेको गठबन्धन तेल पानीको जस्तो भएको बताएका हुन्।

‘अघिल्लोपटक कम्युनिष्टहरू मिलेर बनेको गठबन्धन दूध र पानीको जस्तो थियो,’ उनले भने, ‘अहिलेको हाम्रो गठबन्धन तेल र पानीको जस्तो भएको छ।’

केन्द्रीय सदस्य बरालले पार्टीका जिम्मेवार तहका व्यक्तिहरूले सार्वजनिक खपतका लागि दिने अभिव्यक्तिले पार्टीलाई नै हित नगरेको भन्दै सच्चिन आग्रह गरे।

सुर्खेत गएर पार्टीका महामन्त्रीजीले राष्ट्रपति र प्रधानमन्त्रीको पद भाग लगाएको आएको र पार्टी उपसभापतिले रेशम चौधरीका बारेमा ट्वीट गरेको विषयसमेत उनले कोट्याएका थिए।

त्यस्तै उनले सुरुवातमै आफूले बोलेका विषयको रेकर्ड पार्टीको बैठकमा राख्न र तर सामाजिक सञ्जालमा प्रसारण नगर्न आग्रह गरेका थिए।

साउन ३, २०८० बुधबार १८:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।