भद्रकुमारी घले सेवा सदनमा महानगरले डोजर चलायो
काठमाडौं : काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भन्दै महानगरले बुधबार डोजर चलाएको हो।
सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको थियो।
सदनले केही सटर भाडामा दिएको थियो। उनीहरू बिचल्लीमा परेका छन्।
यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो।
साउन ३, २०८० बुधबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।