दङ्गामा हिंसात्मक क्रियाकलाप गर्ने सात सयभन्दा बढीलाई जेल सजाय

दङ्गामा हिंसात्मक क्रियाकलाप गर्ने सात सयभन्दा बढीलाई जेल सजाय

एजेन्सी : फ्रान्समा गत महिनाको अन्त्यमा भएका दङ्गामा हिंसात्मक क्रियाकलाप गर्ने सात सयभन्दा बढीलाई जेल सजाय सुनाइएको छ।

बुधबारसम्म एक हजार दुई सय ७८ निर्णय सुनाइएकामा ९५ प्रतिशतभन्दा बढी प्रतिवादीहरू तोडफोड, चोरी, आगजनी वा प्रहरी अधिकारीहरूलाई आक्रमण गर्ने अभियोगमा दोषी ठहरिएको फ्रान्सको समाचार एजेन्सी एएफपीले जनाएको छ।

न्यायमन्त्री एरिक डुपोन्ड मोरेट्टीका अनुसार करिब छ सय जनालाई पहिले नै जेल पठाइएको छ। देशमा शान्ति सुव्यवस्था कायम गर्न त्यसो गर्नुको विकल्प नभएको उनको ठहर छ।

सन् २००५ पछि फ्रान्समा यति विशाल हुलदङ्गा एवम् हिंसात्मक झडप भएका थिएनन्।

गत जुन २७ मा एक जना प्रहरी अधिकारीले १७ वर्षका फ्रान्सेली–अल्जेरियन किशोरलाई गोली हानेपछि देशभर हिंसा भड्किएको थियो।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच चार दिन चार रात गम्भीर झडपपछि स्थिति नियन्त्रणमा आएको थियो। त्यसका लागि ४५ हजार सुरक्षाकर्मी सशस्त्र सवारी साधनका साथ परिचालन भएका थिए।

साउन ३, २०८० बुधबार १७:१७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।