कप्तानले मलाई विश्वास गर्दैन : कुशल भुर्तेल

कप्तानले मलाई विश्वास गर्दैन : कुशल भुर्तेल

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान कुशल भुर्तेलले कप्तान रोहित पौडेलले आफूलाई विश्वास नगर्ने बताएका छन्।

एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा युएई ‘ए’विरुद्ध प्लेयर अफ द म्याच बनेपछि भुर्तेलले यस्तो बताएका हुन्।

‘म नेटमा सधैँ बलिङ गरिरहेको हुन्छु तर खेलमा गरिरहेको थिइन,’ उनले भने, ‘आज कप्तानले विश्वास गरे त्यसका लागि धन्यवाद।’

अगामी दिनमा तपाईं नेपालको प्राइम बलर बन्न सक्नुहुन्छ भन्ने प्रस्तोताको प्रश्नमा भुर्तेलले थपे, ‘हैन हैन, मलाई त्यस्तो लाग्दैन। उसले मलाई विश्वास गर्दैन, हाहाहा।’

१० ओभर बलिङ गरेका उनले ४० रन खर्चिएर ६ विकेट लिएका थिए भने ब्याटिङतर्फ ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन बनाएका थिए।

५३ वटा लिस्ट ए खेल खेलेका कुशलले अहिलेसम्म १० विकेट लिएका छन्। तीमध्ये सबै विकेट युएईविरुद्ध हुन्। उनले उत्कृष्ट बलिङ नै आज गरेका हुन्।

साउन ३, २०८० बुधबार १६:१०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।