घरमा सुतिरहेकी ५५ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

घरमा सुतिरहेकी ५५ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

उदयपुर : घरमा सुतिरहेकी ५५ वर्षीया महिला बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्की रहेका छन्। उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन ३, २०८० बुधबार १४:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।