२ लाख ४९ हजार चोरीको अभियोगमा १५ वर्षीय किशोर पक्राउ

२ लाख ४९ हजार चोरीको अभियोगमा १५ वर्षीय किशोर पक्राउ

सिन्धुली : चोरी गरेको अभियोगमा प्रहरीले एक १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–६ खाल्टे डेरा गरी बस्ने सर्लाही हरीपुर नगरपालिका–५ बस्ने १५ वर्षीय किशोर रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँ बस्ने रिपु बहादुर श्रेष्ठको घरबाट नगद ३७ हजार ६ सय रुपैयाँ र सुन तथा चाँदीका गरगहना गरी करिब २ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा उनी पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त घरबाट चोरी भएकोमध्ये नगद २५ हजार रुपैयाँसहित सोही ठाउँस्थित वर्कसपमा काम गर्ने ती किशोरलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन ३, २०८० बुधबार १४:२९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।