पर्खाल भत्किँदा ११ मजदुरको मृत्यु

पर्खाल भत्किँदा ११ मजदुरको मृत्यु

एजेन्सी : अविरल वर्षाका कारण पाकिस्तानमा पर्खाल भत्किँदा ११ मजदुरको मृत्यु भएको छ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको हो।

उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये ११ जनाको शव भेटिएको र अन्य ६ जना घाइते भएको जनाएको हो।

दुर्घटनाको जानकारी पाउने वित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट ११ जनाको जनाको शव निकालिएको थियो।

मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन्।

साउन ३, २०८० बुधबार १४:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।