यूएईविरुद्ध सामान्य लक्ष्य पछ्याएको नेपालले पहिलो बलमै गुमायो विकेट
काठमाडौँ : यूएई 'ए' विरुद्ध लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनिङ ब्याटर अर्जुन साउद गोल्डेन डकआउट भएका छन्।
उनलाई मोहम्मद जवाद उल्लाहले एलबीडब्यु धरापमा पारेका हुन्।
उनीसँगै देव खनाल क्रिजमा आएका थिए। खनाल भने ४ बलमा ४ रन बनाएर खेलिरहेका छन्। साउद पेभेलियन फर्किएपछि अहिले कुशल भुर्तेल क्रिजमा आएका छन्।
एसिसी इमर्जिङ एसिया कपअन्तर्गत श्रीलंकाको पीसाला ओभरमा यूएईले टस जितेर पहिला ब्याटिङ गरेको हो। उसले ४४ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको छ। नेपालका लागि भुर्तेल एक्लैले ६ विकेट लिएका थिए।
साउन ३, २०८० बुधबार १४:०४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।