सिनामंगलमा राखिएको वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि, एक जना पक्राउ

सिनामंगलमा राखिएको वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि, एक जना पक्राउ

काठमाडौँ : सिनामंगलमा भेटिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ फेला नरहेको नेपाली सेनाले जनाएको छ। 

आज बिहान उक्त क्षेत्रमा बमजस्तो देखिने वस्तु राखिएपछि सेनाको टोली निष्क्रिय गर्न त्यसतर्फ गएको थियो। 

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीअनुसार उक्त वस्तु तर्साउनलाई मात्र राखिएको हुन सक्ने बताए।ब्याट्रीमा तार जोडेर उक्त वस्तु राखिएको उनले बताए। 

त्यहाँभित्र विष्फोटक पदार्थ फेला नपरेको र सेनाको टोली फर्किएको उनले जानकारी दिए। 

यसैबीच प्रहरीले उक्त घटना संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजयन्ती पासवान छन्।

बुधबार बिहान सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्सको सटरअगाडि ‘नेपाल उत्थान क्रान्किारी पार्टी’को नामबाट पर्चासहित शंकास्पद वस्तु राखिएको थियो। उक्त वस्तु देखेपछि स्थानीय त्रसित बनेका थिए। 

साउन ३, २०८० बुधबार १३:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।