कैदीहरूबाट खेलाडी र प्रशिक्षक उत्पादन

कैदीहरूबाट खेलाडी र प्रशिक्षक उत्पादन

झापा : सेल्टर आश्रय नेपालले एएफसीको सहयोगमा थुनामा रहेका कैदी बन्दीहरूलाई खेलाडी, प्रशिक्षक र रेफ्रीहरू उत्पादन गरेको छ।

कैदी जीवन बिताइरहेका व्यक्तिहरूलाई पुनःस्थापना हुन सही बाटो देखाउने ध्येयका साथ उनीहरूलाई खेलाडी, प्रशिक्षक र रेफ्रीको प्रशिक्षण दिएको हो। 

चार महिना चलेको प्रशिक्षण शुक्रबार झापामा सम्पन्न भएको हो। प्रशिक्षणमा १८ जना प्रशिक्षक, १८ रेफ्री र २३ जना खेलाडीहरू सहभागी भएका थिए। 

कैदीहरूलाई प्रमाणपत्र वितरण गर्दे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा केन्दीय सांमसद राजेन्द्र लिङ्देनले यस्तो खाले सीपका कुराहरूले गर्दा सुधार गृहमा रहेका व्यक्तिहरूलाई पुनःस्थापना गर्न सहज हुने बताए।

‘यस्तो खाले कार्यक्रमले गर्दा थुना मुक्त भएपछि पुनस्थापनाको बाटो खोजिरहेकाहरूलाई सहज हुनेछ। एएफसी र सेल्टर नेपालले यस्तो कार्यक्रम अन्य जिल्लाहरूमा गर्न पनि आवश्यक छ,’ लिङ्देनले भने। 

यस्तै एन्फाका उपाध्यक्ष दावा लामाले फुटबलको माध्यमबाट नै पुनःस्थापना हुने पाटो आफ्नो लागि निकै सराहनीय भएको बताए। यस्तो खाले कार्यक्रममा लागि आगामी दिनमा सेल्टर नेपाल र एएफसीसँग एन्फाले सहकार्य गरेर जाने उनले बताए। 

‘कैदी जीवन सबैका लागि कष्टकर नै हुन्छ। अझ थुना मुक्त भएपछिको जीनव झनै अन्योलमा हुन्छ। यसलाई पुनःस्थापना गर्ने पाटो बनेको छ। थुनामुक्त हुनेबिक्तिकै सबै राम्रो बाटोमा हुनेछन्,’ लामाले भने। 

त्यस्तै एएफसीकी सुरक्षा प्रबन्धक कोह एन सिनले नेपालमा भएको यो नालौं  कार्यले आफूलाई निकै खुसी तुल्याएको बताइन्। उनले आगामी दिनमा पनि नेपालमा एएफसीले यस्तो खाले कार्यक्रम ल्याउनेमा विश्वास दिलाइन्। 

सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले कैदी बन्दीहरूमा यो किसिमको उत्साह देख्दा आफूहरूले गरेको कार्य सफल भएको अनुभूति भइरहेको बताइन्। 

साउन ३, २०८० बुधबार ११:५२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।