प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत

प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत

काठमाडौँ : लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनित भएका छन्। 

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान-२०४८ (छैटौँ संशोधन) २०७९० को धारा २३ बमोजिम नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षद्वय दाहाल र झालाई सल्लाहकारमा मनोनीत गरेका हुन्। 

मनोनीत भएका दाहाल नेपाल प्रेस युनियनका संस्थापक एवं झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्। 

संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि दाहाल र झाको योगदान महत्वपूर्ण हुने प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए। नेपाल प्रेस युनियनको विधानमा सल्लाहकार मनोनयन गर्ने व्यवस्था रहेको छ।

साउन ३, २०८० बुधबार १०:३४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।