अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको दाबी : रुस-युक्रेन युद्ध म एक दिनमै अन्त्य गरिदिन सक्छु

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको दाबी : रुस-युक्रेन युद्ध म एक दिनमै अन्त्य गरिदिन सक्छु

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रो पटक राष्ट्रपति बने कसरी रुस र युक्रेनबीचको युद्धलाई एक दिनमै अन्त्य गर्ने उक्त कुरा बताएका छन्।  

ट्रम्पका अनुसार यो धेरै गाह्रो काम होइन। उनले भने, 'म केवल दुई कल गर्न चाहन्छु। एउटा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र अर्को रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई। दुवैसँग युद्ध अन्त्य गर्ने एउटै विकल्प हुनेछ। 

ट्रम्पले करिब एक वर्षअघि जो बाइडेनलाई गाली गरेका थिए। ट्रम्पले भनेका थिए, 'अमेरिकी राष्ट्रपतिले चाहे रुस र युक्रेनबीचको युद्ध २४ घण्टामा अन्त्य हुन सक्छ। २०२४ मा म फेरि राष्ट्रपति भएँ भने यो गरेर देखाउँछु।'

अमेरिकी टीभी च्यानल ‘फक्स न्युज’लाई दिएको अन्तर्वार्तामा ट्रमले उक्त कुरा बताएका हुन्। उनले त्यहाँ भने, 'जेलेन्स्की र पुटिन दुवै मेरा असल साथी हुन्। म जेलेन्स्कीलाई राम्ररी चिन्छु। पुटिनलाई पनि।' 

उनले थपे, 'म जेलेन्स्कीलाई भन्दछु, अब युद्ध अन्त्यका लागि तपाईंले सम्झौता गर्नुपर्छ। र म पुटिनलाई पनि भन्छु, यदि तपाईंले युक्रेनसँग सम्झौता गर्नुभएन भने, हामी उनीहरूलाई (युक्रेन) यति धेरै सहयोग गर्नेछौं कि तपाईंले सोच्न पनि सक्नुहुन्न। यसपछि दुवैलाई बाहिर निस्कने कुनै बाटो हुनेछैन र उनीहरूले युद्ध अन्त्य गर्न सम्झौता गर्नुपर्छ।'

ट्रम्पले फेरि बाइडेनलाई निशाना बनाए। भने, 'विश्वका बाँकी नेताहरू धेरै बुद्धिमान छन्, र सत्य यो हो कि हाम्रा राष्ट्रपतिले उनीहरूलाई सम्बोधन गर्न सक्नुहुन्न। यसमा कुनै शंका छैन कि बाइडेन अमेरिकी इतिहासमा सबैभन्दा कमजोर राष्ट्रपति हुन्।'

 

साउन ३, २०८० बुधबार ०९:२१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।