निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुन एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुन एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
फाइल तस्वीर

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्। 

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रूपमा अध्यक्ष ओलीसहितको ६ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

टोलीमा अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्। उनी यही साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ। 

साउन ३, २०८० बुधबार ०८:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।