इटहरीमा सफारी दुर्घटना, स्कुटरमा सवार एक जनाको मृत्यु

इटहरीमा सफारी दुर्घटना, स्कुटरमा सवार एक जनाको मृत्यु

सुनसरी : मंगलबार दिउँसो पौने ३ बजे इटहरी-९ स्थित साथी पेट्रोल पम्प अगाडि भएको दुर्घटनामा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। 

खनारबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश नं १-०२-००३ ह ५५७७ र सिटी सफारीले बाटो क्रस गर्दै गरेको प्रदेश नं १-०२-०४२ प २८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा स्कुटर पछाडि सवार एक जनाको मृत्यु भएको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

दुर्घटनामा इनरुवा नगरपालिका-७ की अन्दाजी २४ वर्षीया सञ्जु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

साउन ३, २०८० बुधबार ०८:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।