एकै खेलमा बार्यन म्युनिखको २७ गोल, ५ खेलाडीको ह्याट्रिक
बार्यन म्युनिखले मंगलबार नवौँ श्रेणीको जर्मन क्लबविरुद्ध गोल वर्षा गरेको छ।
ट्युनअप खेल अर्थात् वाम अप खेलमा एफसी रोटेच एग्रिनविरुद्ध बार्यनले २७-० गोलअन्तरको जित निकालेको हो।
उक्त क्रममा चार जना खेलाडीले ह्याट्रिकभन्दा बढी गोल गरे। जसमा जमाल मुसियाला, मार्सेल सेबित्जर र १८ वर्षीय म्याथिस टेलले ५ मिनेटभन्दा कम समयमा एक गोल गरेका थिए।
बोरुसिया डर्टमन्डबाट सामेल भएपछि बायर्नको जर्सीमा पहिलो खेल खेलका राफेल गुरेइरोले पनि दुई गोल गरे। बार्यनका साडियो माने र कोमानले पूर्ण समय बिताएका थिए।
साउन ३, २०८० बुधबार ०७:५७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।