फेसबुक लाइभ आएर दुई सन्तानसहित एक पुरुषले विष सेवन गरेपछि...

फेसबुक लाइभ आएर दुई सन्तानसहित एक पुरुषले विष सेवन गरेपछि...

एजेन्सी : भारतकाे राजस्थानस्थित हनुमानगढ जिल्लाको पिलिबंगा थाना इलाकामा सोमबार एक व्यक्तिले आफ्ना दुई बच्चासहित फेसबुक लाइभ गरेर विष सेवन गरेका छन्।

घटना प्रत्यक्ष हेरिरहेका गाउँले तुरुन्तै घटनास्थल पुगेर तीनै जनालाई अस्पताल लगेका थिए।

स्थानीय पत्रकार पुरुषोत्तम दत्तका अनुसार पिलिबंगाबाट गम्भीर अवस्थामा जिल्ला अस्पताल लैजाँदै गर्दा ३० वर्षीय राजकुमारको मृत्यु भएको हो। जबकि दुवै बालबालिकाको उपचार भइरहेको छ।

लाइभ भिडियोमा, ती व्यक्तिले श्रीमती, श्रीमतीको कथित प्रेमी र अरूलाई आफ्नो र बच्चाको मृत्युको लागि जिम्मेवार भनेका छन्।

भिडियोमा उनले रुँदै भने, ‘साढे दुई वर्षदेखि निकै दु:खी छु। हामीलाई यातना दिइरहेका थिइन्।’

साउन २, २०८० मंगलबार २२:४१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।