बाख्रा खान आएको बाघ धपाउन जाँदा तीन जना घाइते

बाख्रा खान आएको बाघ धपाउन जाँदा तीन जना घाइते

काठमाडौं : बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन्।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट घाइते उहाँहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ।

बाघले ५ः२० बजे आक्रमण गरेको हो।

साउन २, २०८० मंगलबार २०:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।