जथाभाबी पोस्टर टाँस्दा बगान फिल्मलाई ५० हजार जरिवाना

जथाभाबी पोस्टर टाँस्दा बगान फिल्मलाई ५० हजार जरिवाना

काठमाडौँ : फिल्म प्रमोसनका लागि जथाभाबी पोस्टर टाँस्दा फिल्म  ‘बगान’ ले ५० हजार जरिवाना तिर्नुपरेको छ। काठमाडौँका  विभिन्न स्थानमा पोस्टर टाँसेको भन्दै काठमाडौँ महानगरपालिकाले निर्माण कम्पनीलाई मङ्गलवार ५० हजार जरिवाना तिराएको हो। 

महानगरले जथाभाबी फिल्मको पोस्टर टाँसेर दृश्य प्रदूषण गराएको भन्दै जरिवाना गराएको हो। महानगरपालिकाले फिल्म प्रचारलाई डिजिटल प्रविधिमा लगे पनि केही टिमले अहिले पनि महानगरका भित्तामा पोस्टर टाँस्ने गरेका छन्।

फिल्म शुक्रवार रिलिज भएको हो। फिल्मको व्यापार निकै सुस्त छ।

साउन २, २०८० मंगलबार २०:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।