पाकिस्तानमा सुरक्षा बलको गाडी नजिकै आत्मघाती विस्फोट

पाकिस्तानमा सुरक्षा बलको गाडी नजिकै आत्मघाती विस्फोट

एजेन्सी : पाकिस्तानमा आत्मघाती विस्फोट भएको छ।

खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरको हयाताबाद क्षेत्रमा सुरक्षा बलको गाडी नजिक आत्मघाती विस्फोट भएको बीबीसीले जनाएको छ।

आत्मघाती विस्फोटमा आठ जना घाइते भएका छन्, जसमध्ये दुईको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ।

क्यान्टका एसपी वकास रफिकले सुरक्षा बलको गाडी नजिकै आत्मघाती विष्फोट भएको पुष्टि गरे।

घाइतेहरुलाई हायताबाद मेडिकल कम्प्लेक्समा लगिएको छ।

साउन २, २०८० मंगलबार १९:४८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।