अमेरिकाबाट गाँजा मगाएर १६ वर्षीया किशोरीबाट कारोबार गराएको अभियोगमा एक जना पक्राउ

अमेरिकाबाट गाँजा मगाएर १६ वर्षीया किशोरीबाट कारोबार गराएको अभियोगमा एक जना पक्राउ

काठमाडौं : १६ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साह रहेका छन्।

त्रिभुवन विमानस्थल कार्गो कम्प्लेक्समा अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो।

थप अनुसन्धान गर्ने क्रममा ती किशोरीलाई साहले परिचालन गरी लागूऔषधको कारोबार गरेको खुल्न आएको हो। 

पक्राउ परेका साह उपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।

साउन २, २०८० मंगलबार १८:१०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।