अब रत्नपार्क प्रवेश गरे ३० रुपैयाँ, हनुमानढोकामा फिल्म सुटिङ गरे एक दिनको ५५ हजार
काठमाडौँ : अब काठमाडौँमा रहेको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ कर तिर्नुपर्ने भएको छ।
काठमाडौँ महानगरपालिकाले सम्पत्तिसम्बन्धी नयाँ कर कार्यान्वयनमा ल्याएको हो।
नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले ल्याएको नयाँ कर दर साउन १ गतेदेखि लागु गरिएको छ।
जसअनुसार हनुमानढोका दरबार क्षेत्रमा चलचित्र छायांकन गरे प्रतिदिन ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने छ। सम्पत्तिसम्बन्दी नयाँ कर दरमा बालाजु बाइसधारा र शंखधर उद्यानको प्रवेश शुल्क तथा अन्य गतिविधिको शुल्क तोकिएको छ।
यस्तै बालाजु, बाइसधारा पार्क, शंख पार्क, शंखधर साख्वा पार्कमा प्रवेश गरे पनि ३० रुपैयाँ तिर्नुपर्ने छ।
साउन २, २०८० मंगलबार १७:०१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।