राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने

राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने

काठमाडौं : राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने भएको छ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन ४ गते बिहीबार दिउँसो १ बजेर १ मिनेटका लागि बैठकको समय निर्धारण गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

असार ३१ गतेको सूचनामा अर्को सूचनाद्वारा बैठकको मिति तोक्ने भनिएको थियो।

साउन २, २०८० मंगलबार १६:५५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।