घरबाटै लगेर १७ वर्षीया किशोरीको बलात्कार आरोपमा चार जना पक्राउ

घरबाटै लगेर १७ वर्षीया किशोरीको बलात्कार आरोपमा चार जना पक्राउ

जनकपुरधाम : १७ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

गत शुक्रवार किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले ४१ वर्षका कैलाश पोखरेल, २४ वर्षका सुदीप भुजेल, २२ वर्षका मनोज विश्वकर्मा र २१ वर्षका दीपेश सुवेदीलाई पक्राउ गरेको हो।

उनीहरूमाथि किशोरीलाई घरबाट उठाएर नजिकैको खाली घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप लागेको छ। आइतबार परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्।

साउन २, २०८० मंगलबार १६:२४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।