एमाले आक्रामक र अधैर्य, रास्वपा र राप्रपा अपरिपक्व पनि : रमेश लेखक

एमाले आक्रामक र अधैर्य, रास्वपा र राप्रपा अपरिपक्व पनि : रमेश लेखक

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षी दलहरूलाई आक्रामक, अधैर्य र अपरिवक्वको संज्ञा दिएका छन्।

मंगलबारबाट पार्टी कार्यालय ललितपुरको सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख सचेतक लेखकले संसद्मा कांग्रेसको भूमिकाबारे जानकारी दिएका हुन्। 

लेखकले एमालेलाई आक्रामक र अधैर्यको संज्ञा दिएका छन् भने अन्य प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आक्रामक, अधैर्य र अपरिपक्व भनेका छन्।

उनले भने, ‘प्रमुख प्रतिपक्ष आक्रामक छ। राजनीतिक रुपले गठबन्धन परिवर्तन भयो। एउटा गठबन्धनबाट अर्को गठबन्धनमा गयौं। त्यसकारण पनि प्रमुख प्रतिपक्ष आक्रामक छ। परिपक्व त छ तर अधैर्य देखिन्छ।’

‘अन्य प्रतिपक्ष आक्रमक पनि छन्, अधैर्य पनि छन् र नयाँ नयाँ संसदीय अभ्यासमा भएकाले अधैर्य पनि देखिराखेको अवस्था छ’, उनले थपे।

सत्तापक्षमा मात्र नभएर प्रतिपक्षसँग पनि सामान्जस्य र समन्वयकारी भूमिका निर्वाह गरेर सदनलाई सुसञ्चालन गर्ने जिम्मेवारी कांग्रेसको भएको उनले बताए।

साउन २, २०८० मंगलबार १५:५५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।