अवैध १० हजार अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ

अवैध १० हजार अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ

काठमाडौं : अवैध १० हजार अमेरिकी डलरसहित नेपाल छाड्नै लाग्दा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारिएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

साउन २, २०८० मंगलबार १४:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।