एमाले महासचिव पोखरेलको तर्कः नयाँ दल आएपछि बिदेसिने झनै बढे

एमाले महासचिव पोखरेलको तर्कः नयाँ दल आएपछि बिदेसिने झनै बढे
फाइल तस्वीर

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि देश छाड्नेहरू बढेका आरोप लगाएका छन्। 

सामाजिक सञ्जालमा महासचिव पोखरेलले रास्वपाको नाम उल्लेख नगरे पनि उक्त पार्टीले विदेशमा गएकाहरूलाई देश फर्काउँछौं भने पनि राजनीतिमा उदाएपछि देश छाड्नेहरू अझ बढेका बताए। 

'तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो, विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए। तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झनै बढ्यो। के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ?' उनले लेखेका छन्। 

‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्छ,’ उनले लेखेका छन्।

उनले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठीक र बेठीक छुट्टयाउनेगरी समस्याको समाधानका लागि छलफल–बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने बताएका छन्।

साउन २, २०८० मंगलबार १४:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।