सीताको श्रद्धाञ्जलिसभामा प्रचण्डले भने, 'उनको उपचार गर्न राज्यबाट कुनै सुविधा लिएनौँ'

सीताको श्रद्धाञ्जलिसभामा प्रचण्डले भने, 'उनको उपचार गर्न राज्यबाट कुनै सुविधा लिएनौँ'
फाइल तस्वीर

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको श्रद्धाञ्जलि सभामा भावुक बनेका छन्। 

मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताको उपचार गर्न राज्यबाट कुनै सुविधा नलिइएको दाबी गरे। 

सीताले अस्पतालको आईसीयू र भेन्टिलेटरमा रहँदा अन्तिम अवस्थामा पनि अरूलाई पीडा नदिएको बताए। ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन्। साढे सात बजे अस्पताल लगेकोमा लगभग साढे ८ मा उनी बिदा भइन्,' प्रचण्डले भने। 

सीताले अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटदेखि बालुवाटारसम्म पाएको सम्मान उनको त्याग तपस्या र बलिदान र जनताको न्याय र सम्मान भएको प्रधानमन्त्री प्रचण्डले बताए। 

‘उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनाउभरले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठुलो जिम्मेवारी बोध गराएको छ’, प्रचण्डले भने। 

श्रद्धाञ्जलि सभामा उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए।

सीता दाहालको ६९ वर्षको असार २७ गते निधन भएको थियो।

साउन २, २०८० मंगलबार १२:४१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।