तत्कालीन ब्रिटिस सरकारले जारी गरेको नक्सा सेयर गरेको भन्दै एमाले नेतृ झाविरुद्ध साइबर ब्युरोमा उजुरी

तत्कालीन ब्रिटिस सरकारले जारी गरेको नक्सा सेयर गरेको भन्दै एमाले नेतृ झाविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ : तत्कालीन ब्रिटिस साम्राज्यकालीन नेपालको नक्सा सामाजिक सञ्जालमा राखेको भन्दै एमाले नेतृ रेखा झाविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।  

झाले नेपाली राष्ट्रिय एकतामाथि अघात पुर्याएको उजुरी दिने राष्ट्रिय एकता अभियानको दाबी छ। 

उक्त अभियानका संयोजक विनय यादवले सोमबार साइबर ब्युरोमा उजुरी दिएका हुन्। 

झाले एक साताअघि (जुलाई १०) मा तत्कालीन ब्रिटिस सरकारले जारी गरेको भूगोल (नक्सा) सामाजिक सञ्जाल (फेसबुक) मा सेयर गरेकी हुन्। त्यहाँ उनले '१९७२ को नक्शाले बोल्छ...' लेखेकी छन्। नक्सामा नेपाल पनि ब्रिटिस शासनको अधीनमा रहेको उल्लेख छ। 

झाले सेयर गरेको उक्त नक्सासहितको फोटोमा 'भारतको त नाम नै छैन' लेखिएको छ। उक्त पोस्टले नेपाली राष्ट्रियतामाथि आघात पुर्याएकाले आवश्यक गरिपाऊँ' उजुरीमा भनिएको छ। 

साउन २, २०८० मंगलबार १२:३०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।