किरणले इण्डियन सुपर लिग खेल्ने पक्का, पञ्जाब एफसीसँग एक वर्षका लागि अनुबन्धित
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतको सर्वोच्च घरेलु फुटबल प्रतियोगिता इण्डियन सुपर लिग (आईएसएल) खेल्ने पक्का भएको छ।
आईएसएल लागि भारतको पञ्जाब फुटबल क्लबले किरणलाई थप एक वर्षका लागि टिममा अनुबन्धित गरेको हो।
पञ्जाब एफसी गत सिजन भारतको दोस्रो श्रेणीको लिग (आई लिग) जित्दै आईएसएलमा बढुवा हुने पहिलो टिम बनेको थियो।
पञ्जाबलाई आई लिग जिताउँदै आईएसएलमा बढुवा गराउन किरणको भूमिका पनि महत्वपूर्ण थियो। उनले कुल २१ खेल खेल्दै ११ क्लिनसिट सहित लिगमा उत्कृष्ट गोलकिपरको उपाधि पनि जितेका थिए।
पञ्जाबले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध गरेको हो। अब किरण आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी बन्ने छन्। यसअघि गत सिजन अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा खेलेका थिए।
आईएसएलको अबको सिजन २०२३ सेप्टेम्बरदेदेखि सुरु हुँदैछ।
साउन २, २०८० मंगलबार १२:२८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।