आजदेखि मलमास, मत्स्यनारायण मन्दिरमा मेला सुरु

आजदेखि मलमास, मत्स्यनारायण मन्दिरमा मेला सुरु

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आज (मंगलबार) देखि सुरु भएको छ।

तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ। यो महिनालाई अधिक मास पनि भन्ने गरिन्छ।

चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिए। मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उनको भनाइ छ।

मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ।

साउन २, २०८० मंगलबार १०:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।