मानबहादुर श्रेष्ठ बने राष्ट्रिय भलिबल टिमको नयाँ कप्तान
काठमाडौं : नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। संघको सोमबार बसेको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुरलाई कप्तान बनाएको हो।
यसअघि उनले राष्ट्रिय बीच भलिबल टिम र आर्मी टिमको कप्तानी गरिसकेका छन्। २६ वर्षीय स्पाइकर मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन्।
गत साता भएको राष्ट्रिय क्लब लिग भलिबलमा आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादका कारण हरिहजुर थापालाई संघले कप्तानको पदबाट हटाएको थियो।
साउन २, २०८० मंगलबार ०९:४१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।