कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, १० एजेन्डामा छलफल हुने

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, १० एजेन्डामा छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (म‌ंगलबार) देखि सुरु हुँदैछ।

एक वर्षको अन्तरालपछि बस्न लागेको कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ।

सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकमा छलफल गर्नका लागि १० एजेन्डा तय गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले तोकेको एजेन्डामा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे भने एजेन्डा छैन।

बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश गर्ने, पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका प्रस्ताव, विभाग गठनको प्रस्ताव, राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश लगायतका एजेन्डा छन्।

शर्माका अनुसार  बैठकमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने छन्। उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिबारे बैठकमा जानकारी गराउने छन्।

सोमबारको बैठकमा केन्द्रीय समितिको बैठक लाइभ गर्न पार्टी सभापतीले प्रस्ताव गरे पनि निर्णय भने भएको छैन।

साउन २, २०८० मंगलबार ०७:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।