आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) देशैभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशसँगै कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साउन २, २०८० मंगलबार ०७:१५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।