थानकोटबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

थानकोटबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं : चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ०२–००१ ख ५५४९ नंको  बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

साउन १, २०८० सोमबार २२:१८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।