नेपालविरुद्ध भारत ‘ए’को शानदार जित

नेपालविरुद्ध भारत ‘ए’को शानदार जित

काठमाडौं : एसिसी इमर्जिङ एसिया कपमा नेपालविरुद्ध भारत ‘ए’ले शानदार जित निकालेको छ।

१६८ रनको सामान्य लक्ष्य पछ्याएको भारतले २२.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि अभिषेक शर्माले सर्वाधिक ८७ रन बनाउँदा साइ सुदर्शन र ध्रुव जुरेलले अविजित रहँदै क्रमशः ५८ र २१ रन बनाए।

नेपालका लागि रोहित पौडेलले एक विकेट लिए।

त्यसअघि त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भएको थियो।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाउँदा गुल्सन झाले ३८ र देव खनालले १५ रन बनाए। त्यसबाहेक अन्य खेलाडी चल्न सकेनन्।

भारतका लागि निशान्त सिन्धुले चार, राजवर्धन हंगरगेकरले तीन र हर्सित रानाले दुई विकेट लिए।

यसअघि भएको पाकिस्तान ए सँगको खेलमा पनि नेपाल पराजित भएको थियो।

अब नेपालले बुधबार युएई एसँग खेल्नेछ। समूह बी बाट सेमिफाइनलमा पाकिस्तान र भारत चयन भइसकेका छन्।

नेपाल र युएई ए भने समूह चरणबाटै बाहिरिसके।

साउन १, २०८० सोमबार १९:२४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।