भारतीय आधार कार्डमा प्रचण्डको तस्बिर राख्ने पक्राउ

भारतीय आधार कार्डमा प्रचण्डको तस्बिर राख्ने पक्राउ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिर राखेर भारतीय आधार कार्ड लगायतको तस्बिर सार्वजनिक गरेको आरोपमा शेरबहादुर राना मगर पक्राउ परेका छन्। उनलाई साइबर ब्युरोले बुटवल देवीनगरबाट पक्राउ गरेको हो।

रानाले प्रधानमन्त्री प्रचण्डको तस्बिर भारतको आधार कार्ड, आयकर कार्डलगायत सरकारी कागजपत्रमा राखेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

प्रचण्डले विभिन्न नाममा भारतीय परिचय पत्र लिएको र उनी भारतीय नागरिक भएको दाबी गर्दै उनले तस्बिर राखेपछि साइबर अपराधको कसुरमा उनलाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।

 

साउन १, २०८० सोमबार १८:३६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।