१५ वर्षीया किशोरीमाथि झापामा सामुहिक बलात्कार, १४ वर्षीया दुई किशोर पक्राउ

१५ वर्षीया किशोरीमाथि झापामा सामुहिक बलात्कार, १४ वर्षीया दुई किशोर पक्राउ

झापा : १५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ।

बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने १४/१४ वर्षीय दुई किशोरलाई सोमबार बिहान प्रहरीले पक्रेको हो।

सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई आइतबार राति दुवै जनाले पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरी ईलाका प्रहरी कार्यालय अनारमनीमा परेको थियो।

सोही उजुरीको आधारमा दुई किशोर पक्राउ परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन १, २०८० सोमबार १७:४८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।